खाेज्नुहाेस

कैलालीमा मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगर सहित २ युवा पक्राउ

Image

कैलाली – कैलालीमा प्रहरीले मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगर सहित २ युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित बर्दियाको राजापुर नगरपालिका– १ का २२ वर्षीय हिमाल चलाउने र राजापुर–१ कै २५ वर्षीय राजेन्द्र रावत पक्राउ गरेको हो ।

navjiwan hospital

सोमबार बेलुकी टीकापुर नगरपालिका– ८ मा शंका लागि चेकजाँच गर्ने क्रममा चलाउनेले मलद्वारमा लुकाइ छिपाइ राखेको अवस्थामा ७८० मिलिग्राम ब्राउन सुगर बरामद भएको कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

attariya hospital

पक्राउ परेका दुबै जनालाई इप्रका टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।