धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान ईभी हाईस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।

सु.प.प्र. ०१–००१ ख ३७१४ नम्बरको ईभी हाईस आफैं अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक सिन्धुलीका २३ वर्षीय मिलन भुजेल, २६ वर्षीय प्रकाश दाहाल र २८ वर्षीय सागर उपाध्याय घाइते भएका छन्। दाहाल र उपाध्यायको नोभा अस्पताल धनगढीमा तथा चालक भुजेलको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको छ।
दुर्घटनाका बेला गाडीमा चालकसहित तीन जना कर्मचारी मात्रै सवार रहेको प्रहरीले जनाएको छ।

















