खाेज्नुहाेस

विपद् जोखिम न्यूनीकरणका लागि कैलाली कञ्चनपुरका ५ पालिका बिच सम्झौता

Image

अत्तरिया – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कैलाली कञ्चनपुरका ५ पालिका बिच सम्झौता भएको छ । सोमबार कैलालीको अत्तरियामा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तरपालिका श्रोत परिचालन तथा समन्वय संयन्त्रको बैठकमा उक्त सम्झौता भएको हो ।

सम्झौतामा अनुसार कैलालीका गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका बिच विपद् जोखिम, जलवायु परिवर्तनका प्रभाव, आगलागी, बाढी, डुबान, महामारी, हावाहुरी तथा अन्य प्राकृतिक एवं मानव सिर्जित विपद्का घटना व्यवस्थापनका लागि स्थानीय तहहरूबिच साझेदारी गरिने छ ।

attariya hospital

यसअघि अत्तरियामा ५ वटै पालिकाको बैठकमा ५ पालिकाको अन्तर–पालिका स्तरीय स्रोत साझेदारी संयन्त्र गठन गरेको थियो । युरोपेली आयोग मानवीय सहायता विभाग (भ्ऋज्इ) को आर्थिक सहयोग तथा युएनडिपी, युएन ओमन, युनीसेफ, हेन्डीक्याप ईन्टरनेसनलको सहयोग तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित सुपर दोस्रो चरण परियोजनाको सहकार्यमा गठन गरिएको उक्त संयन्त्रले विपद् पूर्व तयारी र प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको रुडुकका कार्यकारी निर्देशक अमर साउँदले जानकारी दिए ।

navjiwan hospital
oplus_0

संयन्त्रको संयोजकत्वमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका छन् । उनले यस संयन्त्रले ५ वटै पालिका बिच एक अर्काका सिकाई अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताए । उनले पालिकाका फोकल पर्सनको नियमित समन्वयन सहकार्य हुन आवश्यक रहेको बताउँदै विपदमा एक अर्कालाई सहयोग गर्न सहज हुने बताए ।

हामीले विपदमा एक अर्काका इक्युवमेन्ट प्रयोग गर्ने समझदारीमा हस्ताक्षर गरेका छौ उनले भने यसले आगामी दिनमा विपदमा ठुलो सहयोग पुग्ने छ ।

गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कडेलले ५ पालिकाको सञ्जाल गठन हुँदा विपद् उद्धारमा सहज हुने बताए । उनले एउटै पालिका सँग सबै प्रकारका सामग्री नहुन सक्ने भएकाले एक अर्काको सहयोग पुग्ने बताए ।