बाजुरा– बाजुरामा जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । सोमबार जिल्लाको हिमाली गाउँपालिका–५,क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका हुन् ।

घाईते हुनेमा बाजुराको हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने अन्दाजी २५ वर्षिय जीप चालक जनविर बुढा, सोही ठाउँका ४० वर्षिय धर्मलाल बुढा र ३१ वर्षिया मिजरा बुढा रहेका छन् । यस्तै दुर्घटनामा हुम्लाको ताजाकोट गाउँपालिका– ५ बस्ने अन्दाजी ४० वर्षिय अम्मर सिंह बुढा, सोही स्थानकी २० वर्षिया अस्मिता थापा, २८ वर्षिय जंग सिंह बुढा, २० वर्षिय गोरख रोकाया, २७ वर्षिय लोकेन्द्र बुढा र ९ वर्षिया बालिका सुस्मा बुढा रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब १ः२५ बजे जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाई छ । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको बताईएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


















