खाेज्नुहाेस

दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका ज्योतिषाचार्य पन्त तीन पालिकाबाट सम्मानित

Image

अत्तरिया – विगत २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका वैदिक वाचस्पति, संस्कारशिरोमणि, धर्मशास्त्राचार्य, ज्यो.पं.गणेश प्रसाद पन्त पञ्चाङ्गकार सुदूरपश्चिमका तीन पालिकाबाट सम्मानित भएका छन । बैतडीको पाटन नगरपालिका – ८ ज्योतिषाचार्य पण्डित डोटीको दिपालय सिलगढी, डडेल्धुराको अजयमेरु गाउँपालिका र बैतडीको पुर्चौडी नगरपालिकाबाट सम्मानित भएका हुन ।

पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेश लगायत कार्य गर्दै आएका छन । उक्त कार्यको प्रशंसा गर्दै पछिल्लो समय स्थानीय तह र संघसस्थाहरुले सम्मान गर्न थालेको हुन ।

attariya hospital
navjiwan hospital

उनले हालसम्म दलित बस्तीमा धार्मिक कुरीति हटाउन ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक १९३ महारुद्राभिषेक, ३९११ न्वारन, ५६९ व्रतबन्ध, विवाह, ७२२ सत्यनारायण पूजन, ६२२ ग्रह शान्ति, ३९ शतचण्डी, ६५ अखण्ड रामायण ५७९ वटा, स्वस्थानी ब्रतकथा, ५५ त्रीपिण्डी श्राध्द, ७९ गरुड पुराण लगायतका ४ सय एघार ४११ भन्दा बढी प्रकारका कर्मकाण्ड गरिसकेको बताए ।

बैतडीको वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका उनले यसअघि सांस्कृतिक कुरीति हटाउन दमाईँ,कामी, बादी, पोणे, कुमाल सहित १६ सय ९९ जना सिल्पि समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको ४२२ दलित महिला लाई दुधागो दोरक धारण गरेको बताए । कानुनले समेत अपराधका रुपमा लिएको जातीय विभेद हटाउन आफू जस्तै धार्मिक अगुवा अग्रसर हुनुपर्ने बताए ।

तर, उनले कुरीति हटाउन खोज्दा उल्टै आफ्ना गैरदलित समुदायका ५ सय ७५ यजमान छुटेको बताए । उनले कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जालमार्फत आफूमाथि तुच्छ गालीगलौजसमेत हुँदै आएको बताए ।