धनगढी – कैलाली स्थिति मोहना अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्युु भएको छ । उक्त सडक खण्डको गोदावरी नगरपालिका–५ स्थित मत्स्य पालन केन्द्र नजिक शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ तारानगरका १८ वर्षीय पर्वत चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १७ वर्षीय लक्ष्मण खाती घाइते भएकी छिन । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



















