अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शुक्रबार राति गोदावरी नगरपालिका–१ अनामनगर क्षेत्रमा चेकजाँच गर्ने क्रममा २७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ निवासी ३३ वर्षीय हरिष वडु र गोदावरी नगरपालिका–२ तेघरी निवासी २६ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।
उनीहरूबाट बरामद गरिएको लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















