खाेज्नुहाेस

जन्मदिनमा ७ विपन्न परिवारलाई खाद्यान्न सहयोग

Image

कैलाली — हेमा श्री फाउन्डेसन नेपालकी केन्द्रीय अध्यक्ष मञ्जु पौड्याल (हेमा श्री) ले आफ्नो जन्मदिनको अवसरमा कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाका ७ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छिन ।

फाउन्डेसनका अनुसार हाल वैदेशिक रोजगारीमा रहेकी पौड्यालको पहलमा प्रति परिवार करिब २ हजार ५ सय रुपैयाँ बराबरका चामल, दाल, तेल, नुन, साबुन, सोडा लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो।

attariya hospital
navjiwan hospital

कार्यक्रममा फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी, वडा सदस्य बाटुदेवी कामी, अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुँवर, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख गणेशप्रसाद उपाध्याय तथा स्थानीय समाजसेवी र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने अभियान सकारात्मक र अनुकरणीय भएको धारणा राखेका थिए।

कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य फाउन्डेसनका सल्लाहकार दानबहादुर कुँवरले राखेका थिए भने सञ्चालन नवीन बिष्टले गरेका थिए ।

यसअघि पनि पौड्यालले आफ्नो जन्मदिनका अवसरमा अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकालाई विद्यालय पोसाक वितरण गरेकी थिईन । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, विपद् राहत तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।