खाेज्नुहाेस

बाउली खोलामा पुल नबन्दा आउजाउमा सास्ती

Image
navjiwan hospital

बाजुरा  – बाजुराको बाउली खोलामा २०७८ मा सुरु भएको पक्की पुल निर्माण चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीको ढिलासुस्तीका कारण कोल्टी–मार्तडी सडकखण्डमा सवारी सञ्चालन प्रभावित भएको छ भने स्थानीयलाई आवतजावत र स्याउलगायत कृषि उपज ढुवानीमा समस्या भइरहेको छ।

५ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतको पुल निर्माणको म्याद थप्दा पनि काम पूरा नभएको हो। सडक डिभिजन कार्यालय अछामले निर्माण कम्पनीलाई काम तीव्र बनाउन पटक–पटक निर्देशन दिएको जनाएको छ।

attariya hospital