धनगढी – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने निर्णय गरेको छ । बिहिबार बसेको संसदीय दलको बैठकले शाह नेतृत्वको सरकारले बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने निर्णय गरिएको हो ।

बैठकमा प्रदेशको ठुलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्नेमा सांसदहरु एकमत देखिएको बताइएको छ । त्यसका लागि अन्य दलसंग संवादका लागि वार्ता टोली बनाइएको छ । टोलीमा संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्यहरु प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी रहेका छन् ।

संसदीय दलको बैठकमा पार्टी इन्चार्ज भानुभक्त जोशी, सहइन्चार्ज दीर्घ सोडारी र पार्टीका प्रदेश अध्यक्ष हरि चौधरी ुउत्सवु पनि सहभागी थिए ।
















