अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – ३ मा रहेको केदारेश्वर सामुदायिक वनमा तालाबन्दी गरिएको छ । वनको भवनमा भएको आगजनी घटनाको छानबिनमा ढिलासुस्ती गरिएको भन्दै स्थानीय युवा मनिष साउँदले तालाबन्दी गरेका हुन ।


उनले आगजनी भएको लामो समय बितिसक्दा पनि घटनाको निष्पक्ष र प्रभावकारी छानबिन हुन नसकाले दोषीलाई जोगाउन प्रयास भइरहेकाले आशंका उत्पन्न भएको बताए ।
उनले घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै तालाबन्दी गरिएको बताए । सामुदायिक वनको भवनमा गत जेठ ५ गते राति अज्ञात समूहले आगजनी गरेका थिए ।


















