बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका भित्रका ८ विद्यालयहरुको समायोजन तथा तह÷कक्षा घटाइएको (डाउनसाइजिङ ) गरिएको छ ।

मंगलवार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै विद्यालय समायोजन तथा डाउनसाइजिङ गरेको जानकारी दिएको हो । जसअन्तरगत ४ विद्यालय समायोजन र ४ विद्यालयको तह घटाईएको सूचनामा उल्लेख छ ।

नगरपालिकाको विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०८३ को दफा (९) को क मा भएको व्यवस्था बमोजिम विद्यालय समायोजन तथा डाउनसाइजिङ गरिएको’ सूचनामा भनिएको छ ।



















