खाेज्नुहाेस

कैलाली–कञ्चनपुरमा २ लाख बढीका भन्सार छलीका सामान बरामद

Image
file photo

धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका २ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

navjiwan hospital

प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ६३ हजार १०० रुपैयाँ बराबरका धोती, किराना लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

त्यसैगरी, इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ४३ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, ब्लाउज, अन्डरवेयर, पानी वर्षाती लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइने जनाइएको छ।