खाेज्नुहाेस

अत्तरियामा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीको अत्तरियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन ।

navjiwan hospital

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन्। प्रहरीले उनलाई सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट पक्राउ गरेको हो।

attariya hospital

प्रहरीका अनुसार धामीले असार २४ गते ती बालिकालाई घरबाट अत्तरिया बोलाई होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।