खाेज्नुहाेस

सूदूरपश्चिममा युरिया मलको अभाव नहुँने दाबी

Image

धनगढी – डिएपी मल बिना धान रोपाइ गरेको सुदूरपश्चिमका किसानले युरीया मल भने समयमै पाउने दावी गरिएको छ । कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीमा आवश्यकता भन्दा कम मल आएपछि डिएपी मलको अभाव झेलेका किसानले युरिया मल भने समयमै पाउने ती कार्यालयहरुले दावी गरेका छन ।

navjiwan hospital

कृषि समाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले साउन २–३ गते भित्र सुदूरपश्चिममा यूरिया पुग्ने जानकारी आफूले पाएको बताए ।

attariya hospital

‘३ सय ३० मेट्रिकटन यूरिया अहिले पनि हामीसंग मौज्दात रहेको छ,’ बोगटीले भने, ‘धेरै किसानले डिएपिसंगै यूरिया मल लगिपनि सकेका छन्,’ आगामी साउन २–३ गते थप युरिया मल यहाँ पुग्ने जानकारी प्राप्त भएको छ, त्यसैले डिएपि जस्तो अभाव यूरियामा हुने छैन ।’

साल्ट ट्रेडिङ पर्कोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यूरियामा डिएपि जस्तो अभाव नहुने बताएका छन् । धेरै कृषकले यस अघिनै धानका लागि चाहिने यूरिया मल लगेर भण्डारण गरिसकेका कारण पनि समस्या नहुने उनको दावि छ ।