खाेज्नुहाेस

कैलालीमा ४३ हजार बढीका भन्सार छलीका सामान नियन्त्रणमा

Image
file photo

अत्तरिया  – कैलाली प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

navjiwan hospital

जिल्लाको कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ४३ हजार ५०० रुपैयाँ बराबरका विभिन्न सामान शनिबार दिउँसो प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बच्चाका खेलौना, चियादानी, साबुनदानी, फोहोर उठाउने सामग्री, ऐना, हातमा लगाउने माला, औँठी लगायतका सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।