बैतडी– बैतडीमा असार २० गते शनिबार भएको बस दुर्घटनामा गम्भिर घाईते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका वडा न २ ह्सौडाका अन्दाजी ७८ बर्षीय रामदत्त पाण्डेय रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए ।

दुर्घटना परि घाईते मध्ये केहिको घनगढी स्थीत मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । पाण्डेयको उपचारकै क्रममा मायामेट्रो अस्पतालमा बिहिबार मृत्यु भएको हो ।

धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे तीन बजेतिर पाटन नगरपालिका–९ गैराखानमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए । प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो ।

















