खाेज्नुहाेस

८० देखि ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई २५ हजार पुरस्कार

Image

अत्तरिया – गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको नीति कार्यक्रम शिक्षकलाई नतिजाको आधारमा पुरस्कारको व्यवस्था गरेको छ ।

नीति कार्यक्रममा सामुदायिक विद्यालयका कक्षा ८, ९ र १२ को वार्षिक परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषयमा ८० प्रतिशत र अन्य विषयमा ९० प्रतिशत उत्तीर्ण गराउने विषयगत शिक्षकलाई नगद २५ हजार पुरस्कारको व्यवस्था गरिने उल्लेख छ । सबै सामुदायिक विद्यालयमा इ–हाजिरीको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

यस्तै स्वास्थ्यका कार्यक्रम अन्तरगत मालाखेती अस्पतालमा नियमित २४ घण्टा सर्प दंश उपचार सेवा केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

सामाजिक कार्यक्रम अन्तरगत वडामा रहेका सार्वजनिक चौताराहरूमा ज्येष्ठ नागरिकहरूको विश्रामका लागि बस्ने बेन्चहरू राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि कार्यक्रम अन्तरगत प्लास्टिकजन्य बस्तुहरूको प्रयोग प्रतिस्थापन गर्दै पुष्पजन्य बिरुवाहरूको नर्सरी स्थापना गर्ने, फूलको व्यावसायिक खेती र बजारीकरणमा प्रोत्साहन दिने, गोदावरी नगरपालिका १ मा रहेको कृषि हाट बजार सञ्चालनमा ल्याउने योजना नीति तथा कार्यक्रममा समावेश छन् ।