खाेज्नुहाेस

दलित बस्तीहरूमा कर्मकाण्ड गर्दै आएका ज्योतिशाचार्य पन्त सम्मानित

Image

बैतडी – दलित समुदायमा वैदिक संस्कारलाई प्रवद्र्धन गरिरहेका ज्योतिशाचार्य गणेशप्रसाद पन्तलाई पुर्चाैडी नगरपालिकाले सम्मान गरेको छ । जन्मदेखि मृत्युसम्मका वैदिक हिन्दु सनातनी संस्कारलाई दलित समुदायमा पु¥याउँदै आएका पन्तलाई नगरपालिकाले दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरेको हो ।

जातीय आधारमा हुने सामाजिक विभेदविरुद्ध रचनात्मक तरिकाबाट योगदान गर्दै आएका पन्तलाई नगरपालिकाले सम्मानित गर्दै दोसल्ला तथा सम्मानपत्र प्रदान गरेको नगरप्रमुख दीपकबहादुुर बमले बताए । सामाजिक परिवर्तनमा लागिरहेका व्यक्तिहरूलाई उत्साह र हौसला बढाउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै ज्योतिशाचार्य (पञ्चांगकार) पन्तलाई सम्मान गरिएको नगरप्रमुख बमले जानकारी दिए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

ज्योतिशाचार्य पन्तले विगत लामो समयदेखि दलित समुदायलगायत समाजका सबै वर्गले आायोजना गर्ने वैदिक संस्कारहरूमा सहभागी हुँदै पु¥याइरहेको योगदान प्रभावकारी र प्रेरणादायी रहेको स्थानीयले बताएका छन् । ‘उहाँ समाज परिवर्तनको संवाहक हुनुहुन्छ, नगरपालिकाले सम्मान गरेर सराहनीय काम गरेको छ,’ स्थानीय शिक्षक दिनेश नागारीले भने।

सम्मान कार्यक्रममा नगरप्रमुख बम, उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली, नगर प्रवक्ता धीरेन्द्र बमलगायतका जनप्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

बैतडीको पाटन नगरपालिका– ८, खोड्पे जसुलीखालीका संस्कार शिरोमणि ज्योतिषाचार्य पण्डित पन्तले २७ वर्ष अघिदेखि दलित बस्तीमा कर्मकाण्ड सुरु गरेका हुन् । उनले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारान, वास्तुपूजा, गृहप्रवेशलगायत कार्यहरू गर्दै आएका छन् ।