बैतडी – भन्सार छली गरेर ल्याएको सवा तीन लाख रुपैयाँ बराबरको अबैध बिंडी बरामद भएको छ । शनिबार साँझ दशरथचन्द नगरपालिका–६ दानीबगरमा भारतबाट भन्सार छली गरी ल्याएको ३ लाख २३ हजार २ सय मूल्य बराबरको बिंडी प्रहरीले बरामद गरेको हो ।

बेबारिसे अवस्थामा बाटो छेउको झाडीमा छाडेको अवस्थामा बिंडी बरामद गरिएको जिल्ला प्रहरी बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल्सेनाले जानकारी दिए ।

बिंडी छाडिएको घटनाको अनुसन्धान भइरहेको र बरामद बिंडी महाकाली भन्सार कार्यालय झुलाघाट पठाइने प्रवक्ता तिमिल्सेनाले बताए ।


















