बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबौलामा रूखबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा स्थानीय आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रूखबाट खसेर गम्भीर घाइते भएकी थिइन्।

घाइते बालिकालाई उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
















