खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Image

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१ खल्ला क्षेत्रबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

navjiwan hospital

प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ४१ हजार रुपैयाँ बराबरका बिडी, सुर्ती, पेय पदार्थ, मसला, बिस्कुट लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप कारबाहीका लागि सामान सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।