दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

स्थानीय भरत सिंह मन्यालका चार वर्षीय छोरा ओलिसन मन्याल घरदेखि करिब ५०० देखि ६०० मिटर टाढा रहेको तरकारीबारीमा सिँचाइका लागि बनाइएको पानीको पोखरीमा डुबेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो।

उपचारका क्रममा चिकित्सकले बुधबार बेलुका बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















