खाेज्नुहाेस

सुप समावेशी आधारभुत विद्यालयलाई कुलर र पंखा सहयोग

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई वाटर कुलर र पंखा सहयोग गरिएको छ । बुधबार साईन रेसुङ्गा विकास बैंक लिमिटेड अत्तरिया शाखाले विद्यालयलाई एउटा वाटर कुलर र ६ वटा भित्ते पंखा सहयोग गरेको हो ।

navjiwan hospital

बैंकका प्रतिनिधिहरुले सो सहयोग सामग्री गोदावरी नगरपालिका – २ का वडासदस्य डबल बहादुर साउँद, विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँद, वर्तमान अध्यक्ष बिष्ना बोहरा र प्रधानाध्यापक देवी साउँदलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

attariya hospital

विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैंकले जनाएको छ । अपाङ्गता भएका बालबालिकाहरुलाई आवास सहितको शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयलाई सहयोग गरेको भन्दै वडासदस्य डबल बहादुर साउँदले बैंकलाई धन्यवाद ज्ञापन गरे ।

उनले विभिन्न सहयोगीदाताहरुकै सहयोगका कारण विद्यालयलाई अगाडी बढाउन सहज भईरहेको बताउदै आगामी दिनमा पनि बैंकका तर्फबाट विद्यालयलाई सहयोग हुने अपेक्षा लिएको बताए । बढ्दो गर्मीको समयमा सहयोग सामग्रीले विद्यार्थीहरुको दैनिक जिवन तथा अध्ययन वातावरणलाई थप सहज बनाउन मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।