अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ‘अत्तरिया खानेपानी’ एप ल्याएको छ । खानेपानीका उपभोक्ताले आफ्ना सम्पूर्ण विवरण हेर्न सक्ने मोबाइल एप ल्याइएको हो ।

जसमा खानेपानीको खपत विवरण, तिर्न बाँकी रकम, बिल विवरण र भुक्तानी इतिहास, मिटर रिडिङ तथा भुक्तानी मितिको जानकारी सँगै सूचना तथा महत्वपूर्ण जानकारी प्राप्त हुने खानेपानी उपभोक्ता संस्थाका महासचिव धर्म सिंह कुँवरले बताए ।

उनले एप मार्फत सबै जानकारी दिइने भएकाले उपभोक्ताले अब कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए ।
















