खाेज्नुहाेस

अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालय ४ दिनका लागि बन्द

Image

धनगढी – अत्यधिक गर्मी बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाका विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।

navjiwan hospital

उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार केही दिनयता बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।

attariya hospital

सूचना अनुसार विद्यालय असार ९ गतेदेखि असार १२ गतेसम्म बन्द रहनेछन । बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई समेत आग्रह गरिएको छ ।