खाेज्नुहाेस

सुदूरपश्चिमका तीन जिल्लामा लागूऔषधसहित तीन जना पक्राउ

Image

अत्तरिया  – कैलाली, कञ्चनपुर र अछाममा प्रहरीले विभिन्न प्रकारका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाको पसलबाट गाँजाका सुकाएका बोटसमेत बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २६ वर्षीय शंकर चौधरीलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

attariya hospital
navjiwan hospital

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाबाट ३२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित स्थानीय समिर नेपालीलाई शनिबार राति पक्राउ गरिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, अछामको मंगलसेन नगरपालिका–८ ग्यानेगैडीमा किराना तथा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय भैरवप्रसाद भाटलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मंगलसेनबाट खटिएको टोलीले उनको पसलमा खानतलासी गर्दा ८ ग्राम १९० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ तथा ५०० वटा सुकाइएका गाँजाका बोट बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।