खाेज्नुहाेस

दार्चुलाका प्रधानाध्यापक मृत्यु प्रकरणमा ८ जना कारागार चलान

Image

दार्चुला – दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

navjiwan hospital

जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश गिरीका अनुसार तत्कालका लागि ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको र अन्तिम फैसला भने बाँकी प्रमाण र साक्षी बुझ्ने कार्य सकिएपछि हुनेछ ।

attariya hospital

शुक्रबार कारागार चलान हुनेमा महाकाली नगरपालिका–१ का ३२ बर्षीय विक्रमसिंह कुँवर , महाकाली–२ का ५२ बर्षीय दलजित भट्ट, महाकाली–५ का ४२ बर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ बर्षीय परमानन्द भट्ट, ३१ बर्षीय पदमराज भट्ट, ४३ बर्षीय नरेन्द्रदत्त भट्ट, ५६ बर्षीय हरिदत्त भट्ट र बैतडीको पाटन नगरपालिका–४ का ४० बर्षीय पुष्करराज भट्ट रहेका छन् ।

प्रधानाध्यापक धामीले गत जेठ ४ गते सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेख्दै विद्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितपक्ष तथा स्थानीय सर्वसाधारण तीन दिनदेखि निरन्तर धर्नामा बसेका छन् । आत्मघाती कदम पछाडिका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन गरेको आफन्तहरुले बताएका छन् ।