खाेज्नुहाेस

डिआइजी भट्टराईले सम्हाले सुदूरपश्चिमको प्रहरी कमाण्ड

Image

धनगढी – प्रहरी नायव महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको २०८३ जेठ २९ गतेको पत्रादेशअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका भट्टराईले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

navjiwan hospital

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका प्रतिनिधि तथा कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुखसहित अन्य प्रहरी कर्मचारीले उनलाई स्वागत गरेका थिए ।

attariya hospital

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डिआइजी भट्टराईले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए ।