हेटौँडा – कञ्चनपुरका दुई विद्यालय सनलाइट पब्लिक स्कुल र वेदान्त स्कुल प्रतिष्ठित ताइवान अन्तर्राष्ट्रिय विज्ञान मेला २०२७ का लागि छनोट भएका छन् । दुवै विद्यालयले हेटौँडामा आयोजित स्टिम (क्त्भ्ब्ः) प्रतिस्पर्धामा आफ्नो नवप्रवर्तनात्मक परियोजना प्रदर्शन गर्दै उत्कृष्टता हासिल गरेका हुन् ।
हेटौँडा रिसर्च एण्ड इनोभेसन सेन्टर (एचआरआईसी) द्वारा सोमबार आयोजित प्रतियोगितामा सनलाइट पब्लिक स्कुलका छात्र अक्षत रोकाया र वेदान्त स्कुलका छात्र दिवस भाटले संयुक्त रूपमा निर्माण गरेको ‘छुकछुके रोबोट’ प्रदर्शन गरेका थिए । उक्त परियोजनाले निर्णायक तथा सहभागीहरूको ध्यान आकर्षित गर्दै नगद २० हजार रुपैयाँ पुरस्कार समेत जित्न सफल भएको छ ।


गोदावरी आविष्कार केन्द्रको प्राविधिक साझेदारीमा तयार गरिएको रोबोटले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र प्रविधिप्रतिको रुचिलाई उजागर गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि तथा आगामी जनवरीमा ताइवानमा हुने अन्तर्राष्ट्रिय विज्ञान मेलामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका छन् ।
कार्यक्रमका निर्देशक किशन बास्तोलाले यस वर्षको कार्यक्रम विशेष गरी परियोजनाको ‘रिसर्च डिजाइन’ अर्थात् अनुसन्धान संरचनामा केन्द्रित रहेको जानकारी दिए । उनले सनलाइट पब्लिक स्कुल र वेदान्त स्कुलजस्ता शैक्षिक संस्थाको सक्रिय सहभागिताले विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा अनुसन्धानात्मक सीप विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए ।
स्थानीय स्तरमै विकास गरिएका यस्ता नवप्रवर्तनात्मक परियोजनाले नेपाली विद्यार्थीहरूको क्षमता अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।


















