खाेज्नुहाेस

उपकुलपति र रजिस्ट्रार पदका लागि १९ जनाको आवेदन

Image

अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार पदका १९ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आवेदन माग गरेको समयावधि भित्र उपकुलपति पदमा ४ जना र रजिस्ट्रार पदमा १९ जनाको दरखास्त आवेदन परेको हो ।

navjiwan hospital

प्राप्त आवेदनहरूको प्रारम्भिक अध्ययन, आवश्यक कागजात परीक्षण तथा सर्टलिस्ट तयार गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ ।

attariya hospital

यसअघि गत वर्षको पुस २२ गते उपकुलपती र रजिस्ट्रार नियुक्ति गरिएको भएपनि सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ ले दुवैको पदमुक्त भएका थिए ।

अध्यादेशले उपकुलपति प्रा डा सुनिलकुमार जोशी रजिस्ट्रार डा.खेमराज जोशी पदमुक्त भएका थिए । यसअघि उपकुलपतिका लागि तेस्रो पटक आवेदन खोल्दा मात्रै आवेदन परेको थियो ।