बाजुरा – चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाजुराको २०८० माघ ८ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना १० दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बुढीगंगा नगरपालिका–६ बस्ने १९ वर्षीय राजेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो बडिमालिका नगरपालिका–९ मार्तडी बजार क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
















