अत्तरिया – शैक्षिक सत्र २०८२ को एसइई परीक्षामा गोदावरीका ६ विद्यालयको नतिजा खस्किएको छ । १४ विद्यालयको नतिजामा सुधार आउँदा शैक्षिक सत्र २०८१ को तुलनामा शैक्षिक सत्र २०८२ मा ६ विद्यालयको नतिजा खस्किएको हो ।
शैक्षिक सत्र २०८१ मा नगरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएको घण्टेश्वर मावि अत्तरियाको नजिता खस्किएको छ । यस विद्यालयबाट शैक्षिक सत्र २०८१ मा ७७.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ४८.९८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यहाँबाट शैक्षिक सत्र २०८१ मा एसइई परीक्षामा सहभागी भएका ५३ मध्ये ४१ विद्यार्थी उत्तीर्ण भएको यस विद्यालयमा हाल ४९ जना विद्यार्थी सहभागी भएकोमा २४ जना मात्र उत्तीर्ण भएका छन् ।

नतिजा खस्किएको राष्ट्रिय मावि बल्मी भने निल भएको छ । उक्त विद्यालयबाट २०८२ को एसइई परीक्षामा ८ जना विद्यार्थी सहभागी भएकोमा सबै नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् । यस विद्यालयबाट शैक्षिक सत्र २०८१ मा पनि ८.११ प्रतिशत अर्थात् ३७ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ३ जना मात्रै उत्तीर्ण भएका थिए ।
सिद्धबाबा मावि गेटीको नतिजा पनि खस्किएको छ । यहाँबाट शैक्षिक सत्र २०८१ मा ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल २०.८३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । शैक्षिक सत्र २०८१ मा ३० मा २१ विद्यार्थी अनुत्तीर्ण हुँदा हाल २४ मा १९ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
राष्ट्रिय मावि बास्कोटाको नतिजा पनि खस्किएको छ । शैक्षिक सत्र २०८१ मा ४८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको यस विद्यालयमा हाल ३१.४३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
दुर्गा मावि हाटखोलीको नतिजा पनि खस्किएको छ । शैक्षिक सत्र २०८१ मा ३३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ३०.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सरस्वती मावि सेहरीको नतिजामा पनि खस्किएको छ । शैक्षिक सत्र २०८१ मा ७३.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ७२.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
६ सामुदायिक विद्यालयको नतिजा खस्किदा १४ विद्यालयको नतिजा भने सुधार भएको छ ।
सुदूरपश्चिम मावि बनखेतको नतिजामा पनि उल्लेख्य सुधार भएको छ । शैक्षिक सत्र २०८१ मा २०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८१ तुलनामा शारदा मावि श्रीपुरको नतिजामा उल्लेख्य सुधार आएको छ । यस विद्यालयमा २०८१ मा २५.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८२ मा ७२.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
लक्ष्मी मावि बुढीतोलाको नतिजामा पनि उल्लेख्य सुधार आएको छ । शैक्षिक सत्र २०८१ ३५.७१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएकोमा हाल ७३.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

दुर्गा मावि कोल्मुडाको नतिजामा पनि सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा ८.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको यस विद्यालयमा हाल ६२.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैबिच दुर्गालक्ष्मी नमुना मावि अत्तरियाको नतिजामा पनि सुधार आएको छ । यस विद्यालयमा शैक्षिक सत्र २०८१ मा ४१.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ५७.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
समैजी मावि मजगाउँको नतिजामा पनि सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा यस विद्यालयबाट एसइईमा सहभागी भएका २३.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ४४.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सरस्वती मावि गेटाको नतिजामा पनि सुधार आएको छ । यहाँबाट शैक्षिक सत्र २०८१ मा ४२.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८२ मा ५४.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
जानकी मावि ओलानीको नतिजामा सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा ९.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ५२.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गुह्येश्वरी मावि वसन्तपुरको नतिजामा सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ३६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नवज्योति मावि बोझियाको नतिजामा पनि सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा ११.११ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
दुर्गाभवानी मावि हरैयाको नतिजामा पनि सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा २१.५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको यस विद्यालयमा हाल २७.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८१ मा न्यून नतिजा ल्याएको ग्वासी माविको नतिजामा पनि सामान्य सुधार आएको छ । २०८१ मा ७.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल १८.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सरस्वती मावि ओलानीको नतिजामा पनि सामान्य सुधार आएको छ । उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ मा ११.७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल २०.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैलेश्वरी मावि बहेडाको नतिजामा पनि सुधार आएको छ । शैक्षिक सत्र २०८१ मा १९.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल २७.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
समग्रमा गोदावरीमा शैक्षिक सत्र २०८१ मा २८.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा हाल बढेर ४६.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
















