अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । सिफारिस समितिले बिहीबारसूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । सूचनामा १० दिनभित्र आफ्नो दरखास्त पेस गर्न भनिएको छ ।

सूचनाका अनुसार, शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन दर्ता गराउनुपर्नेछ । यससम्बन्धी विस्तृत कार्यविधि तथा अन्य जानकारी शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिने जनाएको छ ।


















