कञ्चनपुर – कञ्चनपुरमा घरभित्रै एक पुरुषको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका–५ का ४५ वर्षीय लीलाराम सुनारको घर भित्रै हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

घरभित्रै लीलाराम पक्राउ परेको खबर उनकै ३६ वर्षीया श्रीमती यशोदा सुनारले गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । लीलारामको धारीलो हतियार प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।

प्रहरीले सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।



















