खाेज्नुहाेस

बडिमालिका जाँदा बेहोस भएका लेखा अधिकृतको मृत्यु

Image
navjiwan hospital

काठमाडौं – बाजुराको बडिमालिका जान लागेका बेला बेहोस भएका राष्ट्रिय सकर्तता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा सतर्कता केन्द्रमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थी छन् । उनको स्थायी ठेगाना भैरहवा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पन्थीसहित चार जनाको टोली बडिमालिका दर्शन गर्न बाजुरा पुगेको थियो । गन्तव्यतर्फ जाने क्रममा बडिमालिका नगरपालिका–८ स्थित खारेको जंगल पन्थी बेहोस हुनपुगेका थिए ।

attariya hospital