अत्तरिया – गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ । बिहिबार शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतमा बसको विश्वविद्यालय सभा (सिनेट) बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

अध्यादेश मार्फत पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाउँदै समिति गठन गरिएको जनाइएको छ । समितिमा प्रा.डा. जयराज अवस्थीको संयोजकत्व रहेका छन भने प्रा.डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन् ।

यसअघि पनि अवस्थीकै संयोजकत्वमा सिफारिस समिति बनाएर उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको थियो ।


















