खाेज्नुहाेस

बैतडीमा एक जना पुरुष मृत फेला

Image
navjiwan hospital

बैतडी– बैतडीमा एक जना पुरुष मृत फेला परेका छन । जिल्लाको डिलाशैनी गाउँपालिका– ४ मठैराजमा ४८ वर्षिय गणेशदत्त पन्त मृत फेला परेका हुन ।

बुधबार बिहान घरबाट करिब १०० मिटर टाढा रहेको बाटोमा पन्त मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देव बडुले जानकारी दिए । घटनाका बिषयमा अनुसन्धान भैरहेको उनले बताए ।

attariya hospital