खाेज्नुहाेस

कैलाली, कञ्चनपुर र दार्चुलाबाट भन्सार छलिका सामान नियन्त्रणमा

Image
file photo

अत्तरिया – कैलाली, कञ्चनपुर र दार्चुलाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ । मंगलबार गरिएको छुट्टाछुट्टै कारबाहीमा भारतबाट अवैध रुपमा भित्र्याइएका लाखौँ मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट र टिकापुर नगरपालिका–६ वाणीपुल क्षेत्रबाट अन्दाजी १ लाख ४३ हजार ३ सय रुपैयाँ बराबरका कुर्ती सेट, धोती, साडी, सुटपिस, पेठा, चप्पल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको हो । जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital
navjiwan hospital

त्यसैगरी, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बौद्धनगरबाट भारतबाट भन्सार छलि गरी ल्याइएको अन्दाजी ६० हजार रुपैयाँ बराबरको ‘आइस स्टिक्स’ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, दार्चुलाको महाकाली नगरपालिका–४ लास्कु खोलाबाट अन्दाजी ३१ हजार ७ सय ८५ रुपैयाँ बराबरका बिडी, सुर्ती, खाने तेल, काजु, बदाम, मिश्री लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।