खाेज्नुहाेस

एपेक्स एकेडेमीले पहिलो ब्याचमै निकाल्यो सत प्रतिशत नतिजा

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ बसन्तपुरमा अवस्थित एपेक्स एकेडेमीले एसईईको पहिलो ब्याचमा नै सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । विद्यालयबाट पहिलो पटक एसईई २०८२ मा परिक्षा दिएका १६ जना विद्यार्थीहरु सबै उत्तिर्ण भएका हुन ।

navjiwan hospital

विद्यालयबाट २०८२ सालको एसईई परिक्षामा सहभागि भएका विद्यार्थीहरुमध्ये ४ जनाले ‘ए प्लस’, ९ जनाले ‘ए’, २ जनाले ‘बि प्लस’ र १ जनाले ‘बि’ जिपिए ल्याएका छन् । विद्यालयका प्राचार्य समिर महराले विद्यालयले एसईईको आफ्नो पहिलो ब्याचमै उदाहरणीय नतिजा ल्याउन सफल भएको बताए ।

attariya hospital

उनले विद्यार्थीहरुको मेहनत र शिक्षकहरुको लगनशिलताका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । उनले विद्यालयको नतिजाले अभिभावकहरुमा विद्यालयप्रतिको विश्वास बढ्ने विश्वास व्यक्त गरे ।