खाेज्नुहाेस

सुदूरपश्चिममा एसइईको नतिजामा सुधार

Image

अत्तरिया – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुदूरपश्चिमका यस वर्ष उत्तीर्ण दर बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८२ सालको सार्वजनिक गरेको एसइई नतिजा अनुसार सुदूरपश्चिमका अधिकांश जिल्लामा २०८१ को एसइईको तुलनामा उत्तीर्ण दरमा बढेका पाइएको छ ।

शिक्षा विकास निर्देशनालय डोटीका अनुसार कैलालीमा एसइईमा यस वर्ष १२ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । २०८१ को एसइईमा कैलालीबाट ४३.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८२ को एसइईमा ५५.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कैलालीबाट २०८२ को एसइईमा १४ हजार १४६ विद्यार्थी सहभागी भएका थिए । जसमा ४ विद्यार्थीले २ जिपिए, ७१८ विद्यार्थीले ३.६ देखि ४ जिपिए, १ हजार ९०१ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, २ हजार ९३२ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, १ हजार ९८९ विद्यार्थीले २.४ देखि २.८ जिपिए र २७८ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ७ हजार ८२२ विद्यार्थी उत्तीर्ण हुँदा ६ हजार ३२४ विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

attariya hospital

यस्तै कञ्चनपुरबाट ८ हजार २४४ विद्यार्थी सहभागी भएकोमा ६ जनाले ४ जिपिए, ४३४ विद्यार्थीले ३.६ देखि ४ जिपिए, १ हजार ९४ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, १ हजार ४१७ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, १ हजार ४६ विद्यार्थीले २.४ देखि २.८ जिपिए र २१२ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ४ हजार २३१ (५१.३२ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा ४ हजार १३ विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । कञ्चनपुरमा २०८१ को एसइईमा ४५.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

डडेल्धुराबाट १ हजार ९४८ विद्यार्थी सहभागी भएकोमा ५५ विद्यार्थीले ३.६ देखि ४ जिपिए, १६२ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, २०९ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, १७६ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ८५ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ६८७ (३५.५२ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार २४७ विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । डडेल्धुरामा २०८१ को एसइईमा २७.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बैतडीबाट ३ हजार ९३० विद्यार्थी सहभागी भएकोमा २२ विद्यार्थीले ३.६ देखि ४ जिपिए, २१२ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ७९२ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, ८६९ विद्यार्थीले २.४ देखि २.८ जिपिए र १२५ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल २ हजार २० (५१.४० प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार ९१० विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । बैतडीमा २०८१ को एसइईमा ५२.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

navjiwan hospital

दार्चुलाबाट २ हजार ४४५ विद्यार्थी सहभागी भएकोमा १५ विद्यार्थीले ३.६ देखि ४ जिपिए, ७६ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, २६२ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, ३५१ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ५० विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ७५४ (३०.८४ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार ६९१ विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । दार्चुलामा २०८१ को एसइईमा ३५.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

डोटीबाट २ हजार १८० विद्यार्थी सहभागी भएकोमा ३६ विद्यार्थीले ३.६ देखि ४ जिपिए, १५ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ३७१ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, ४१३ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ६४ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ९ सय (४१.२८ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार २८० विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । डोटीमा २०८१ को एसइईमा ३६.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

अछामबाट ३ हजार ८ सय विद्यार्थी सहभागी भएकोमा ४८ विद्यार्थीले ३.६ देखि ४ जिपिए, ३१० विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ९०८ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, ७७२ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ७९ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल २ हजार ११७ (५५.७१ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार ६८३ विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । अछाममा २०८१ को एसइईमा ४०.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बाजुराबाट २ हजार १२६ विद्यार्थी सहभागी भएकोमा २९ विद्यार्थीले ३.६ देखि ४ जिपिए, २३७ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ६१५ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, ३८९ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ४६ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल १ हजार ३१६ (६१.९० प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा ८१० विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । बाजुरामा २०८१ को एसइईमा ५१.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बझाङको जिल्लागत तथ्याङ्क भने उपलब्ध नभएको शिक्षा विकास निर्देशनालय डोटीका सूचना अधिकारी प्रेमलाल हरिजनले बताएका छन् ।

समग्रमा सुदूरपश्चिमबाट २०८२ सालको एसइईमा ४२ हजार २९९ विद्यार्थी सहभागी भएकोमा २१ हजार ६६४ विद्यार्थी उत्तीर्ण भएका छन् । जुन ५१.२१ प्रतिशत हुन आउँछ । सुदूरपश्चिमबाट २०८१ को एसइईमा ४२.३० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।