
अत्तरिया – एसईई परीक्षामा सुदूरपश्चिमका १० विद्यार्थीले ४ जिपीए ल्याएका छन् । शिक्षा विकास निर्देशनालय डोटीका अनुसार २०८२ मा एसइई दिएका कैलालीका ४ र कञ्चनपुरका ६ विद्यार्थीले ४ जिपीए ल्याएका हुन ।
यस्तै सुदूरपश्चिमबाट ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या भने १ हजार ४१४ रहेको छ । सुदूरपश्चिमबाट ४२ हजार २९९ जना एसइईमा सहभागि भएका थिए जसमा २० हजार ६३५ जना भने नन ग्रेड भएका छन ।



















