खाेज्नुहाेस

कञ्चनपुरका डेन्टल, क्लिनिकलाई ७ दिन भित्र मापदण्ड पुरा गर्न निर्देशन

Image

कञ्चनपुर – स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाभर सञ्चालनमा रहेका डेन्टल क्लिनिक, पोली क्लिनिक तथा विशेषज्ञ क्लिनिकहरुलाई ७ दिन भित्र मापदण्ड पुरा गर्न निर्देशन निर्देशन दिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख दिपेन्द्र सिंह रावलद्वारा जारी सूचनामा पटक–पटक अनुगमन गर्दा केही क्लिनिकहरु निर्देशिका बमोजिम आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको उल्लेख गरिएको छ ।

navjiwan hospital

कार्यालयले नयाँ इजाजत लिन बाँकी रहेका तथा नवीकरण नगरेका क्लिनिकहरुलाई आवश्यक कागजातसहित प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । हालसम्म केही क्लिनिकहरुले प्रक्रिया पूरा गरी इजाजत तथा नवीकरण गरिसकेको पनि सूचनामा जनाइएको छ ।

attariya hospital

बिहिबार जारी सूचनाअनुसार मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका क्लिनिकहरुले सूचना जारी भएको मितिले ७ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । अन्यथा नियमअनुसार कारबाही गरिने स्वास्थ्य कार्यालयले चेतावनी दिएको छ । स्वास्थ्य कार्यालयले उक्त सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई समेत पठाएको जनाएको छ ।