दार्चुला – दार्चुलाबाट जुवातास मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको मिति २०८१ असोज ७ गतेको फैसलाले जुवातास मुद्दामा २ महिना २५ दिन कैद सजाय तोकिएपछि फरार रहेका दुहुँ गाउँपालिका–५ बस्ने ४२ वर्षीय देव राम पार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

पार्कीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार महाकाली नगरपालिका–४ पुल घाटबाट पक्राउ गरेको जनाएको छ।

















