खाेज्नुहाेस

दिल्लीबाट चोरी गरी नेपाल भित्र्याइएको हिरा र सुन कञ्चनपुरबाट बरामद

Image

कञ्चनपुर – कञ्चनपुरमा भारतको नयाँ दिल्लीबाट चोरी गरी नेपाल ल्याइएको हिरा तथा सुनसहितका बहुमूल्य सामग्री प्रहरीले बरामद गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बनहरा क्षेत्रबाट उक्त सामग्री बरामद गरेको हो ।

attariya hospital

प्रहरीका अनुसार बरामद गरिएको सामग्रीमा हिरा र सुनसहितका विभिन्न बहुमूल्य सामान रहेका छन्। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान तथा संलग्नता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।