बेलौरी – बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ पक्राउ परेकी छ्न । मङ्गलवार साझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरको अनुमतिमा नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।


प्रहरीले उनलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दामा अनुसन्धान गरिरहेको शाहीले बताए । उनी माथी बेलडाडीका हरिकिसन रानाको हत्या गरेको आरोप लागेको थियो । रानाको परिवारले ज्यान मार्ने कसुरमा नाथ विरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
गत वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना जलेको अवस्थामा मृत फेला परेका थिए ।
बिहान ४ बजेतिर घरबाट हिँडेका रानाको शिवनगरमा सडक छेउमै शव र मोटरसाइकल बाटो छेउमै तोरीको भुसामा जलिरहेको अवस्थामा भेटिएको थियो ।
















