खाेज्नुहाेस

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने

Image

डोटी – डोटीको बडिकेदार गाउँपालिका र बोगटान फुडसिल गाउँपालिका – ५ को सीमा क्षेत्रमा अवस्थित शिव बडीकेदार धाममा वैशाख चतुर्दशी र पूर्णिमा (वैशाख १७ र १८ गते) का दिन भव्य पूजाआजा गरिने भएको छ । सो दिन भगवान् शिवको दर्शनका लागि मुलगेट खोलिने र भव्य पूजाआजा गरिने बडीकेदार पर्यटन विकास समिति अध्यक्ष उपेन्द्र बमले बताए ।

navjiwan hospital

उनले सो अवसरमा बडीकेदार धाममा श्रद्धालु भक्तजन, साधु, सन्तहरूको लागि मेला आयोजना गरिने बताए । बडीकेदार धाममा फागुनमा पर्ने महाशिवरात्रि र कात्तिकको वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने गरेको छ ।

attariya hospital

डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडीकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्ववपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको छ । बडीकेदार दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् ।