सम्राट चौधरीले भारतको बिहार राज्यको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । उनी राज्यमा भारतीय जनता पार्टी (भाजपा)बाट मुख्यमन्त्री बनेका हुन् ।
जनता दल युनाइटेड (जेडीयू)का विजयकुमार चौधरी र बिजेन्द्रप्रसाद यादवले पनि उनीसँगै मन्त्रीको रूपमा शपथ लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।


शपथ ग्रहण समारोहमा नितिश कुमार पनि उपस्थित थिए । नितिशको राजीनामाले सम्राट चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खोलेको हो । नितिशले हालै राज्यसभामा शपथ लिएका थिए ।
नितिश कुमार २००० मा सात दिनको लागि मुख्यमन्त्री बनेका थिए । यद्यपि, मुख्यमन्त्रीको रूपमा उनको स्थायी कार्यकाल नोभेम्बर २००५ मा शुरू भएको थियो ।
सन् १९८२ मा आफ्नो बुबाको मृत्युपछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनका बुबा कांग्रेसका विधायक थिए ।














