खाेज्नुहाेस

चालिस लाख जरिवाना तोकिएकी डोटीकी एक महिला पक्राउ

Image
file photo

डोटी – बैङ्किङ कसुर मुद्दामा चालिस लाख जरिवाना तोकिएकी डोटीकी एक महिला पक्राउ परेकी छिन्।

navjiwan hospital

जिल्ला अदालत डोटीको मिति २०८२ श्रावन २६ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १० दिन कैद सजाय र ४० लाख जरिवाना तोकिएकी डोटीको आदर्श गाउँपालिका–३ बस्ने ४० वर्षकी सन्जा कुमारी कठायत रोकाया पक्राउ परेकी हुन्।

attariya hospital

रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पक्राउ गरेको जनाएको छ।