खाेज्नुहाेस

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयअघि ‘लास आन्दोलन’

Image

धनगढी– सडक निर्माण अलपत्र परेपछि सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयअघि ‘लास आन्दोलन’ गरिएको छ । कञ्चनपुरको दैजीदेखि जोगबुढा जोड्ने सडक निर्माण अलपत्र परेपछि बोलन्या थलीले साङ्केतिक रुपमा लास आन्दोलन नाम दिएर प्रदर्शन गरेको हो ।

navjiwan hospital

‘सडक निर्माणको ठेक्का लिएर नागार्जुन कन्स्ट्रक्सन लापता छ,’ बोलन्या थलीका संयोजक यादव जोशीले भने, ‘सडक निर्माण नहुँदा नागरिकको जीवन लास जस्तै छ । तसर्थ मुख्यमन्त्री कार्यालय धनगढीअगाडि सडक निर्माणको माग गर्दै लास आन्दोलन गरेका हौं ।’

attariya hospital

केही दिनअघि परशुराम नगरपालिकाले निर्माण कम्पनीको लापरबाहीका कारण लामो समयदेखि अधुरो अवस्थामा रहेको उक्त सडक आयोजनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायसँग कडा कारबाहीको माग गरेको थियो ।

निर्माणमा भएको ढिलासुस्ती, लापरबाही र जिम्मेवारीहीनताका कारण स्थानीयवासीले दैनिक आवागमनमा सास्ती भोग्नुपरेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले निर्माण कम्पनीमाथि आवश्यक कारबाही गरी चालु आर्थिक वर्षभित्रै गुणस्तरीय रूपमा सडक निर्माण कार्य सम्पन्न गराउन पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।